दुई वर्षदेखि भूमिगत विप्लव नवलपूरबाट सार्वजनिक

दुई वर्षदेखि भूमिगत  विप्लव नवलपूरबाट सार्वजनिक
:सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेसँगै महासचिव विप्लव सार्वजनिक भएका छन्। दुई वर्षदेखि भूमिगत रहेका नेकपाका महासचिव विप्लवको नवलपूरबाट सार्वजनिक भएका हुन्।    महासचिव विप्लवले नवलपुरमा सहिद परिवार भेटघाट गरी शुक्रबार बिहान काठमाडौ प्रस्थान गरेका हुन्। नवलपुरबाट नै भूमिगत पछि उनको पहिलो तस्बिर सार...

पूर्व सांसद रानाभाटको निधन

पूर्व सांसद रानाभाटको निधन
चितवन फागुन १०, नेपाली काग्रेसका नेता पूर्व सांसद एकनाथ रानाभाटको निधन भएको छ । प्रजातान्त्रिक आन्दोलनका अगुवा रानाभाटको ६६ बर्षको उमेरमा सोमवार दिउसो दुई बजे निधन भएको हो । मस्तिक घात भएका रानाभाटको उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो । रत्ननगर १४ स्थित उनको निवासबाट मंगलवार विहान आठ बजे शवयात्रा सुरु गरिने नेपाली काग्रेस रत्ननग।रका सभापति रुपनराज घिमिरेले बताए । ...

कांग्रेसमा चर्किँदो विवाद

कांग्रेसमा चर्किँदो विवाद
पार्टीभित्र रहेका प्रतिस्पर्धीलाई पेलेर अगाडि बढेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तत्काल नसुल्झिने विवादमा फसेका छन्। यसअगाडिका विवाद भागबन्डामा टुंग्याएका देउवाका लागि यसपालि त्यो उपाय प्रभावकारी देखिएन। पार्टीमा भिन्न गुट चलाइरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले विभाग गठनमा भाग नै लिएनन्। बरू उनीहरूले अहिले विभाग गठन गर्...

निरंकुश शाही शासनका मतियारहरूले मेरो विरूद्धमा स्वर उरालिरहेका छन्ः उपप्रधानमन्त्री पोखरेल

निरंकुश शाही शासनका मतियारहरूले मेरो विरूद्धमा स्वर उरालिरहेका छन्ः उपप्रधानमन्त्री पोखरेल
काठमाडौं,१० भदौ। उपप्रधानमन्त्री   एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको स्पष्ट गरेका छन् । उनले आज विज्ञप्ति जारी गरी आफ्नो परिवारका कुनै सदस्य वा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिद्वारा पद वा सम्बन्धको दुरूपयोग गरी विद्यमान कानूनी व्यवस्थालाई उल्लंघन गरेर नभएको जनाएका छन्। “भएका काम विधिसम्मत, पारदर्शीतास...

नेकपा विवाद सुल्झाउने विकल्प प्रस्तुत गर्न ६ सदस्यीय कार्यदल गठन

नेकपा विवाद सुल्झाउने विकल्प प्रस्तुत गर्न ६ सदस्यीय कार्यदल गठन
काठमाडौँ, ३० साउन । आन्तरिक विवाद मिलाउन सत्तारुढ नेपाल कुम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको छ । कार्यदलमा महासचिव विष्णु पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन् । कार्यदलले छिट्टै विवाद सुल्झाउने गरी काम गर्ने दुई अध्यक्षबीच सहमति भएको बताइएको छ...

प्रधानमन्त्री ओलीको पीसीआर रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री ओलीको पीसीआर रिपोर्ट नेगेटिभ
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार स्वाब संकलन गरी प्रधानमन्त्रीसहित उनको सम्पर्कमा आइरहने केही व्यक्तिको पीसीआर परीक्षण गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्रीसहित स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, कानुनमन्त्री शिवमाया तुङ्बाहाम्फे, विष्णु रिमाल, राजन भट्टराई, सूर्य थापा र इन्द्र भण्डारी...

प्रधानमन्त्रीका सल्लाहकारले नारायणकाजीलाई भने- पार्टी प्रवक्ताको लाज त जोगाउनुस्

प्रधानमन्त्रीका सल्लाहकारले नारायणकाजीलाई भने- पार्टी प्रवक्ताको लाज त जोगाउनुस्
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद कुनै निकास नपाएर अड्किएको छ। अहिले दुबै पक्ष न विवाद सुल्झाएर अघि बढेका छन्  न त समाधानका लागि तीव्र छलफलमा नै छन्। पछिल्लो समय प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीइतरका नेताहरूले अहिलेको विवाद पदका लागि नभई विधि र पद्धतिका लागि भएको बताउँदै आएका छन्। विधि र पद्धतिको कुरा गर्नेमध्येका एक हुन्, पार्टी प्रवक्तासमेत रहेका नेक...

‘भातृसंगठन बलियो नहुँदा काँग्रेस कमजोर भयो ’

‘भातृसंगठन बलियो नहुँदा काँग्रेस कमजोर भयो ’
सिन्धु ढकाल चितवन  । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले पार्टी सुदृढीकरणको लागि विपी कोइरालाको विचार र सपनालाई पछ्याउनुपर्ने बताएका छन्। नेपाल विद्यार्थी संघ (नेविसंघ) भरतपुर महानगरपालिका नगर समन्वय समितिले विपी कोइरालाको ३८औं स्मृति दिवसको अवसरमा मंगलबार भरतपुर १८ गुञ्जनगरमा आयोजना गरेको विचार गोष्ठीमा बोल्ने नेता तथा कार्यकर्ताहरुले विपी कोइरालाको सम्मानको लागि विपीकै...

नेकपा प्रवक्ताले भारतीय सञ्चार माध्यमलाई भने – बकवास बन्द गर

नेकपा प्रवक्ताले भारतीय सञ्चार माध्यमलाई भने – बकवास बन्द गर
२५ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति आफूहरु एक ढिक्का रहेको उनले बताएका छन् । श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, ‘विदेशीको फुटाउ र स्वास्थ्य पूरा गर नीति सफल ह...

नेकपा प्रवक्ता भन्छन्, ‘पार्टी एकतामा संकट आयो’

नेकपा प्रवक्ता भन्छन्, ‘पार्टी एकतामा संकट आयो’
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा संकट आएको बताएका छन्। बिहीबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै श्रेष्ठले यस्तो बताएका हुन्। ‘एकताको संकट भनेको पार्टी एकतामा खतरा भन्ने हो’, पत्रकारले पार्टी एकतामा संकट भनेको के हो भन्दै गरेको प्रश्नको जवाफमा श्रेष्ठले भने, ‘पार्टी एकताको रक्षा गर्नुपर्छ र एकतालाई सुदृढ गर...