होटल व्यवसायी परियार उद्धारमा खटिए, २१ घरधुरीका सय जनालाई अस्थायी बसोबासको व्यवस्था

होटल व्यवसायी परियार उद्धारमा खटिए, २१ घरधुरीका सय जनालाई अस्थायी बसोबासको व्यवस्था
चितवन, १७ असार । रत्ननगर नगरपालिकास्थित रमाइलो बस्तीमा बाढी पसेपछि सौराहाका होटल व्यवसायी शिरलाल परियार बाढी प्रभावितको उद्धारमा खटिएका छन् । बस्ती नै डुबानमा परेपछि व्यवसायी परियारले आफैँ खटिएर प्रभावितहरूलाई सुरक्षित स्थानमा राखेका हुन् । उनी आफैँले सञ्चालन गरेको ग्रीन सोसाइटी नेपालको विद्यालयमा हाल २१ घरधुरीका सय जनाले आश्रय लिएका छन् । उद्धार गरी ल्याइएकाहरूका लागि खाना तथा...

लायन्स क्लब अफ चितवन सौराहाद्वारा भवन निर्माण

लायन्स क्लब अफ चितवन सौराहाद्वारा भवन निर्माण
असार९, चितवन । लायन्स क्लब अफ चितवन सौराहाले नयाँ भवन निमार्ण गरेको छ । स्थापनाको १३ वर्षमा पुगेको अवसरमा क्लबले भवन बनाएको हो । सभाहल सहितको दुई कोठे भवन निर्माण गर्न उसले सौराहा क्षेत्रमा जग्गा किनेको थियो । उक्त कार्यालय भवनको लायन्स क्लब डिष्ट्रिक ३२५ बी २ का गर्भनर रामप्रसाद भट्टले बुधवार उदघाटन गरेका हुन् । संस्थाका सदस्यहरूबाट सहयोग संकलन गरेर भवन निर्माण गरिएको क्लबका अ...

तीन जिल्लाका स्वास्थ्य संस्थालाई एक्सपर्ट एजुकेशनद्धारा अक्सिजन कन्सट्रेटर सहयोग

तीन जिल्लाका स्वास्थ्य संस्थालाई एक्सपर्ट एजुकेशनद्धारा अक्सिजन कन्सट्रेटर सहयोग
चितवन, असार ९– शैक्षिक परामर्श सेवा दिँदै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनले जस्तोसुकै विपद्को बेला सहयोगी भूमिका निर्वाह गर्दै आइरहेको छ । बाढी, पहिरो होस् या महाभूकम्प हरेक विपद्मा हातेमालो गर्दै पीडितको घाउमा मलम लगाउँदै आइरहेको छ । यसपटक विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले नेपालमा अक्सिजनको हाहाकार भइरहँदा एक्सपर्टले अक्स...

स्वास्थ्य सामग्री खरिदका लागि गौरीगञ्ज स्वास्थ्य चौकीलाई सहयोग

स्वास्थ्य सामग्री खरिदका लागि  गौरीगञ्ज स्वास्थ्य चौकीलाई सहयोग
खेमराज ढकाल असार ७, चितवन । कोभिड१९ महामारीले विश्व नै आक्रान्त बनेको बेला स्वास्थ्य सामग्री खरिदका लागि भरतपुर स्वास्थ्य चौकी गौरीगञ्जलाई सहयोग रकम प्राप्त भएको छ । हेफर ईन्टरनेशनल नेपालले गरेको सहयोग रकम सहकारी संस्थाले संस्था रहेको स्थानका स्थानीय निकाय मार्फत सोही ठाउँमा रहेका स्वास्थ्य चौकीहरूलाई हस्तान्तरण गरेको हो । भरतपुर महानगरपालिका भित्र रहेका विभिन्न सहकारी...

बाघको आक्रमणबाट महिलाको ज्यान गयो

बाघको आक्रमणबाट महिलाको ज्यान गयो
महेश ढकाल असार ७, चितवन । पूर्वी चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । पूर्वी चितवनको जनकौली सामुदायिक वनमा सोमबार मध्याह्न बाघको आक्रमणबाट रत्ननगर नगरपालिका वडा नं ५, मगरटोलकी ३५ वर्षीया गीता अधिकारीको ज्यान गएको हो । घरपछाडिको जंगलमा बाख्राका लागि घाँस काट्न गएकी उनलाई बाघले तानेर लगेको वडाध्यक्ष कृष्ण महतोले बताएका छन् ।जनकौली मध्यवर्ती सामुदायिक वन भित्र निउरो ...

कोभिडसँग हारेको जोडि

कोभिडसँग हारेको जोडि
चितवन : भरतपुरका एक दम्पती अठार दिनदेखिको कोभिडसँगको लडाईमा पराजित भएका छन् । कोभिड संक्रमणका कारण एकदिनको फरकमा श्रीमानश्रीमतीको निधन भएको हो ।  भरतपुर महानगरपालिका ३ बस्ने ७१ वर्षका भैरव कायस्थको असार पाँचगते बिहान पाँच बजे र उनकी श्रीमती कांग्रेस नेतृ विजया रेग्मी कायस्थको असार ६ गते बिहान चार बजे निधन भएको हो । ४५ वर्षीया विजया नेपाल तरुण दलकी जिल्ला सदस्य हुन् । उनीहरु ...

सविता भण्डारी मृत्यु प्रकरणमा चितवनका राजनितिक तथा अधिकारकर्मीद्धारा प्रशासनको ध्यानाकर्षण

सविता भण्डारी मृत्यु प्रकरणमा चितवनका राजनितिक तथा अधिकारकर्मीद्धारा प्रशासनको ध्यानाकर्षण
सिन्धु ढकाल ,असार ३, चितवन बैशाख ४ गते आत्महत्या भयो भनिएकी चितवन शारदानगरकी सविता भण्डारीको घटना प्रकरणलाई लिएर उठेका गंभिर सवालहरुमा चितवनका राजनितिकर्मी र अधिकारकर्मी महिलाहरुले आज स्थानिय प्रसाशनको गंभिर ध्यानाकर्षण गराएका छन् । चितवनमा क्रियाशिल संघसंस्थाहरुको साझा अभियान यौनजन्य हिसां बिरुद्धको साझा अभियान चितवन र यसमा आवद्ध बिभिन्न संघसंस्था र अन्तरपार्टी महिला संजालले...

गण्डकीका मुख्यमन्त्री पोखरेल मनाङमै अड्किए

गण्डकीका मुख्यमन्त्री पोखरेल मनाङमै अड्किए
बाढीग्रस्त क्षेत्र मनाङको स्थलगत अवलोकनका लागि नेपाली सेनाको हेलिकोप्टरमा आज मनाङ गएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल अझै फर्केका छैनन् । मौसम सफा नहुँदा उनलाई लिन  पोखराबाट गएको हेलिकोप्टर मनाङमा ल्यान्ड हुन नसकेपछि फेरि पोखरै फर्किएको छ । प्रदेश सभामा भोलि शुक्रबार मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने कार्यक्रम छ । ४ असारमा विश्वासको मत लिने भनेर कांग्...

चितवनमा निषेधाज्ञा फेरि लम्बियो

चितवनमा  निषेधाज्ञा फेरि लम्बियो
महेश ढकाल ,चितवन :  तिब्ररुपमा फैलिएको कोभिडको संक्रमण रोक्न चितवनमा जारी गरिएको निषेधाज्ञा फेेेेरि लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जेठ १० गते राती १२ बजेसम्म लागू हुनेगरी निशेधाज्ञा जारी गरेको छ । यसअघि जेठ ३ गते रातीसम्म जारी गरेको थियो । कोभिडको रोकथाम र नियन्त्रणका लागी निषेधाज्ञा लम्बाईएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमन...

चेपाङ बस्तीमा चितवन राउण्ड टेबलको सहयोग

चेपाङ बस्तीमा चितवन राउण्ड टेबलको सहयोग
महेश ढकाल जेठ २८, चितवन : चेपाङ गाँउमा खाद्यान्न अभाव भएपछि नारायणगढ स्थित युवा व्यवसायीको संस्था चितवन राउण्ड टेबलले खाद्यान्न सहयोग गरेको छ । लकडाउनले प्रभावित चेपाङ बस्तीमा शुक्रवार चितवन राउण्ड टेबलले राहत वितरण गरेको हो । कालिका नगरपालिकाको वडा नं १० स्थित बन्दीपुरे टोल, जिङ्लाउका ३५ घरधुरीका चेपाङ परिवारलाई गाउँमै पुगेर युवा व्यवसायीले खाद्यान्न वितरण गरेका हुन् । हरेक...