सुनको भाउ तोलाको ८७ हजार ४ सय रुपैयाँ पुग्यो

सुनको भाउ  तोलाको ८७ हजार ४ सय रुपैयाँ पुग्यो
काठमाडौं : नेपाल सुन चाँदी व्यवसायी महासंघले साढे दुई महिनापछि सुन-चाँदीको मू्ल्य तोकेको छ।लकडाउन लागू भएदेखि अर्थात चैत ११ गतेदेखि कारोबार बन्द भएको सुन-चाँदीको मूल्य आइतबार तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघका प्रवक्ता मनोजकुमार साहले जानकारी दिए। आइतबार प्रतितोला सुनको मूल्य ८७ हजार ४ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ। यसअघि चैत १० गते प्रतितोला सुन ७७ हजार रु...

माग घटेपछि खेर जान थाल्यो बिजुली

माग घटेपछि खेर जान थाल्यो बिजुली
काठमाडौँ — लकडाउनमा उद्योग व्यवसाय बन्द हुँदा विद्युत् माग घटेको छ । उत्पादित विद्युत् खेर जाने अवस्था आएपछि सरकारी र निजी क्षेत्रका आयोजना कम क्षमतामा सञ्चालन भइरहेका छन् । भारतसँग इनर्जी बैंकिङ र अन्तरदेशीय विद्युत् व्यापारमा ढिलाइ भए भविष्यमा यस्तो समस्या दोहोरिने सरोकारवालाको चिन्ता छ । लकडाउनअघि दैनिक पिक डिमान्ड १ हजार १ सय मेगावाट हुने गरेकोमा अहिले ७ सय मेगावाट ह...

अवैध रुपमा भित्रिएको भारतीय केरा सहितको ट्रक चितवन प्रहरीको नियन्त्रणमा

अवैध रुपमा भित्रिएको भारतीय केरा सहितको ट्रक चितवन प्रहरीको नियन्त्रणमा
चितवन :  विक्रिका लागी अवैध रुपमा चितवन ल्याउदै गरेको भारतीय केरा चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालको ट्रकमा राखेर ल्याउदै गरेको केरा सहित ट्रकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान थालेको छ । आईतवार विहान भरतपुर महानगरपालिका वडा नम्बर ४ लंकुबाट ना ६ ख ५६१८ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । केरा ब्यवसायी शिव सापकोटाले उक्त केरा ल्याएका ...

नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त
काठमाडौं,२४ चैत्र । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ। आज ९सोमबार० बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो। अधिकारी नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत हुन्। अर्थमन्त्री युवराज खतिवडा नेतृत्वको सिफारिस समितिले अधिकारीसहित चिन्तामणि सिवाकोटी र राजन खनालको नाम सिफारिस गरेको थियो। अर्थमन्त्री ...

गभर्नरका लागि तीन जनाको नाम सिफारिस

गभर्नरका लागि तीन जनाको नाम सिफारिस
काठमाडौं,२४ चैत्र। अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिले आगामी गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको छ। सिफारिसमा बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पुर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पुर्व सचिव राजन खनाल परेका छन्। संभवत आज बस्ने मन्त्रीपरिषद्को बैठकले गभर्नर नियुक्त गर्ने छ।

कोरोना भाइरस संक्रमितको संख्या ६ पुग्यो

कोरोना भाइरस संक्रमितको संख्या ६ पुग्यो
काठमाडौं,२० चैत्र। नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थप एक जनामा कोरोना संक्रमण देखिएको बताए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जाँचका क्रममा बिहीबार उक्त संक्रमित फेला परेको हुन्। यससहित नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ पुगेको छ। बिहीबार फेला परे...

इन्डक्सन चुल्होमा भन्सार छुट, बिजुलीको महसुलमा सहुलियत

इन्डक्सन चुल्होमा भन्सार छुट, बिजुलीको महसुलमा सहुलियत
काठमाडौं,१३ चैत्र। सरकारले इन्डक्सन चुल्हो आयातमा भन्सार महसुल छुट दिने घोषणा गरेको छ । नोभेल कोरोना संक्रमण रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । हाल इन्डक्सन चुलोको आयातमा १५ प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ । योमध्ये १५ प्रतिशत भन्सार छुट हुनेछ । भ्याट भने यथावत नै रहनेछ । ‘इन्डक्सन चुलो प्...

चितवनमा अत्यावश्यक बाहेकका सबै ब्यवसाय बन्द

चितवनमा अत्यावश्यक बाहेकका सबै ब्यवसाय बन्द
चितवन : कोरोना संक्रमणको संभावित जोखीम र यसबाट उत्पन्न हुन सक्ने  प्रभाव र जोखिम हुन नदिन चितवनका उद्योग ब्यवसाय बन्दभएको छ । जोखिम नियन्त्रणका लागी चितवनका सबै ब्यवसाय बन्द गरिएको हो । सोमवारबाट लागू हुने गरी अत्यावश्यक दैनिक उपभोग्य बाहेकका ब्यवसाय बन्द गरिएको हो । उद्योग वाणिज्य संघ चितवनले संघ मातहतका सम्पूर्ण ब्यवसाय बन्द गर्ने निर्णय गरेको हो । सोमवार बसेको बैठकले हालका ल...

आन्तरीक उडानको भाडा घट्यो

आन्तरीक उडानको भाडा घट्यो
काठमाडौं : आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा घटाएका छन्। सरकारले आन्तरिक हवाई इन्धनको मूल्यमा ४ रुपैयाँ ५० पैसाले घटाएसँगै कम्पनीले शुक्रबारदेखि लागु हुने गरी हवाई भाडादर केही घटाएका छन्।  विमान कम्पनीले कम्तीमा २५ रुपैयाँदेखि बढीमा २ सय रुपैयाँ हवाइ भाडा घटाएको नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए। हवाई कम्पनीले काठमाडौंबाट हुने माउन्टेन फ्ल...

घट्यो सुनको मूल्य,तोलाको कति भयो ?

घट्यो सुनको मूल्य,तोलाको कति भयो ?
काठमाडौं,६ चैत्र । नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला १ हजार ५ सयले घटेको छ । यस हप्ता सुनको मूल्य घटबढ हुने क्रम निरन्तर रहेको छ । आइतबार १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भएको सुन सोमबार ५ सय रुपैयाँले बढेको थियो । मंगलबार सुन ७५ हजार ५ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन एक हजारले बढ्दै ७६ हजार ५ सयमा कारोबार भइरहेको मा वि...