चितवन : नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर दुई प्रदेश ‘ ख ’ को सभापतिमा रोशन शाही ठकुरी निर्वाचित भएका छन् । नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तरगत शुक्रवार भएको निर्वाचनमा उनी ६८ मतकाे  अन्तरमा निर्वाचित बनेका हुन् । उपसभापतिमा जानकी पौडेल सापकोटा र महेन्द्रराज कौडेल विजयी भएका छन् । जानकीले दुई सय ५४ मत ल्याइन । पौडेलले १९८ ल्याएर विजयी भए । सचिवमा कृष्ण विलास अधिकारी र रविभन्द्र शर्मा खनाल विजयी भएका छन् । सह–सचिवमा बसन्त ढकाल र सजनी भन्तना विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया