चितवन : नेपाली काँग्रेस चितवन क्षेत्रनम्बर तीन प्रदेश ख को सभापतिमा माडीका शोभाखर चापागाईं निर्वाचित भएका छन् । नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्तरगत शुक्रवार भएको निर्वाचनमा तीन प्रतिष्पर्धीलाई पछि पार्दै उनले लोकप्रिय मतका साथ जितेका हुन् । चितवन ३ क्षेत्र ख प्रदेश कार्य समिति को मतमा उनले १४७ मत ल्याएका थिए । उनका निकटतम प्रतिष्पर्धी ओमप्रसाद पोखरेलले ९९ मत मात्रै ल्याए । रामबहादुर कुँवरले मत ७८ र अशोक लामाले २८ मत मात्रै पाए । निर्वाचित भएपछि सभापति चापागाईंले सबैलाई मिलाएर पार्टी अघि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले आफुलाई निर्वाचित गराउने सबैलाई धन्यवाद दिए ।
त्यस्तै उपसभापतिमा लिलाराज भुषाल र केशब बसेल निर्वाचत भएका छन् । भुषालले २१७ मत र बसेलले दुई सय मत ल्याएर विजयी भए । तीन जनाको प्रतिष्पर्धा भएको उक्त पदमा भरत घिमिरे पराजित बनेका छन् । उनले १९४ मत ल्याए । सचिवमा गोविन्द शर्माले २१५ र सुर्य अधिकारी १९१ मत ल्याएर विजयी भए । मनोहर सिग्देल १८२ मत पाएर पराजित बने ।

तपाईको प्रतिक्रिया