चितवन – नेपाल विद्यार्थी संघको राजनितिमा सक्रिय कृष्णविलास अधिकारी पछिल्लो समय मातृपार्टीको राजनितिमा स्थापित हुदै गएका छन् । विद्यार्थी राजनितिमा अग्रपक्तिमा खटिएका उनी पार्टीको राजनितिमा होमिएका छन् । अधिकारी अहिले नेपाली काँग्रेसको चितवन निर्वाचन क्षेत्रनम्बर दुई अन्र्तगतको प्रदेश दुई घख ’ को सचिवमा निर्वाचित भएका छन् । उनी यसअिघ काँग्रेसको भरतपुर १० को सचिव थिए । शुक्रवार भएको पार्टीको औं महाधिवेशन अन्र्तगत क्षेत्रको प्रदेश तर्फको समितिमा उनी लोकप्रिय मतको साथ विजयी भएका हुन् । पार्टीलाई थप मजबुत बनाउनेमा आफु लागिपर्ने उनले प्रतिबद्धता जनाएका लछन् ।
सचिवमा चार जनाले उमेद्धवारी दिएका थिए । उनले दुई सय ८९ मत ल्याएका थिए । उनीसंगै सचिव पदमा रविभद्र शर्मा खनाल विजयी बनेका छन् । खनालले दुई सय १२ मत ल्याएका थिए । प्रदिप अधिकारीले एक सय ७६ र बलराम भण्डारीले अधिकारीले एक सय ६६ ल्याएका थिए ।

तपाईको प्रतिक्रिया