रत्ननगरमा रहेको गामबेशीको चेपाङ संरक्षण केन्द्रले आज एक औपचारिक कार्यक्रमको आयोजना गरि कुशे औसीं एबं बाबुको मुख हेर्ने दिनको अबसर पारी केन्द्रका सल्लाहकार एबं सामाजिक ब्याक्तित्व दीपक नेपालको स्वर्गीय पिता कृष्ण बहादुर नेपाललाई मरोणोपरान्त सम्मान प्रकट गरेको छ ।

केन्द्रका अध्यक्ष केपि किरण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा दीपक नेपालकी आमा टीका कुमारी नेपाल प्रमुख अतिथि हुनुहुन्थ्यो भने केन्द्रका सल्लाहकार एबं  वरिष्ठ  पत्रकार रबि रोशी , सचिब अनिता अर्याल र सामाजिक ब्याक्तित्व राजेन्द्र बस्नेतको सहभागिता रहेको थियो ।

कार्यक्रममा केन्द्रमा आस्रित बालबालिकाहरुले अतिथिहरुलाई पुष्पगुच्छा दिनुका साथै चेपाङ भाषाको गीत प्रस्तुत गरेका थिए ।

अध्यक्ष शर्माले आमा टीका कुमारी नेपाललाई बाबुको मुख हेर्ने दिनको संस्मरण पत्र प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया