चितवन : प्रशासनले भिडभाडमा कडाई गरेपछि नेवार बाुहल्यता भएको चितवनको नारायणगढमा मनाईएको गाईजात्रा पर्व खल्लो बन्यो । कोभिडको संक्रमण दर बढ्दै गएपछि गाईजात्रा पर्व औपचारिकतामा सिमित भएको हो । गतवर्ष जस्तै यसवर्ष पनि कोरोनको जोखिले गाईजात्रा पर्व प्रभावित बन्यो । चितवनका संचारकर्मी बेलचोकका दिनेश श्रेष्ठ ‘पासा ’ले यसपटक उल्लास नभएको बताए ।

अन्य समुदायलाई आफ्नो संस्किृति चिनाउन र संरक्षण गर्ने नेवार समुदाय खुलेर पर्व मनाउन नपाउँदा निराश बने । चाहे अनुसारको आफन्त , साथीभाई जम्मा हुन नपाँउदा खल्लो भिमसेन धर्म गुठी समाजका अध्यक्ष उत्तमलाल चुकेले बताए ।केही वर्षअघि धुमधामका साथ मनाईने पर्व यसवर्ष औपचारिकताका लागी मनाए । स्वास्थ्य मापदण्ड अपनाएर जात्रामा सहभागी भएका थिए ।नारायणगढमा आज निकालिएको गाईजात्रा तस्विरमा हेरौ ।

तस्विर सुनिलकुमार श्रेष्ठ /सरोकार अनलाईन

तपाईको प्रतिक्रिया