चितवन : गैंडा मार्ने र खाग तस्करीमा संलग्न भएको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले पाँच जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरका नविन पौडेल भन्ने मेख बहादुर नेपाली, जाजरकोटका विर बहादुर वस्नेत र चितवन खैरहनी नगरपालिका वडा नम्बर – ६, रिजालटोल बस्ने आरासलाई पक्राउ गरिएको चितवन राष्टिुञ्जले जनाएको छ । सोमवार निकुञ्जले पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो । गैंडा तस्करीमानै कारागारमा रहेका रण बहादुर भन्ने जितबहादुर कुमाल र तारा चेपाङलाई पनि निकुञ्जले अनुसन्धानको लागि झिकाएको थियो ।
२०७६ भदौ ३१ गते नवलपरासीस्थित मर्दीघोल क्षेत्रमा धारिलो हतियारको प्रयोग गरि बयस्क गैंडा मारेर खाग तस्करी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अण्डनाथ बरालले बताए । संयुक्त गस्ती टोलीले हात्ती स्वीपिङ अपरेसनको क्रममा २०७६ को ३१ भदौमा खाग काटिएको गैंडाको हाडखोर भेटेको थियो ।
अन्य १० जानको पनि खोजी कार्य भएको निकुञ्जले जानाएको छ । पक्राउ परेका प्रतिवादी समेतलाई नवलपुर जिल्ला अदालतमा बुझाइएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए । चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा ६ गैंडा मरेका छन् । जस मध्ये ५ वटा गैंडा प्राकृतीक कारणले मरेका हुन् भने १ वटा गैंडा चोरी–सिकारीका कारण मरेको हो । २०७६÷०७७ मा २६ वटा गैंडा मरेका थिए ।

तपाईको प्रतिक्रिया