भदौ ६ पोखरा : पर्यटकीय नगरी पोखराको मुटुको रुपमा चिनिने महेन्द्रपुलको सडक भासिएको छ । गरिमा बिकास बैक अगाडी रहेको सडक आइतबार साझ भासिएको हो । उक्त सडक प्रयोग गर्दा सतर्क रहन आग्रह गरिएको छ । सडक भासिनुको कारण र अवस्था बारे बिस्तृत जानकारी आउन बाकी छ । रेडियो अन्नपूर्ण पोखराका स्टेसन म्यानेजर संजय कुमार मल्लले आफ्नो फेसबुकमा पुलको सडक भासिएको तस्बिर पोष्ट गरेका छ्न । ” महेन्द्रपुल सेलवेज गेटको पारी, गरिमा विकास बैंक अगाडी नेरको सडक भासिएर भ्वांग परेको छ ” उनले फेसबुकमा लेखेका छन् ।  मल्लले फेसबुकबाट साभार गरेको तस्बिर राख्दै उक्त बाटो हिड्दा सजगता गराएका छन ।     

तपाईको प्रतिक्रिया