भदौ ५ चितवन । कवि सुमन घिमिरेले कविता संग्रह ‘ सूनको टप ’ निकालेका छन् । मुलुकको समसामयीक विषयवस्तु माथी केन्द्रीत गरेर उनले कविता लेखेका छन् । यो उनको दोस्रो कविता संग्रह हो । शनिवार सौराहामा एक समारोहका बीच नियात्राकार प्रतिक ढकालले विमोचन गरे । कविडाँडा साहित्य समाजले कार्यक्रमको आयोजना गरेको हो ।
सूनको टपमा ४१ वटा कविता समावेश छन् । नेपालको अतिक्रमित भूमि लिपुलेक र लिम्पियाधुरा कागजमा मात्रै फिर्ता भएको भन्दै ब्यवहारिक कार्यान्वयनका लागी आवाज उठाएका छन् । विमोचन कार्यक्रममा कवि भूपिन र चेतराज रेग्मीले कविताको समिक्षा गरेका थिए ।
घिमिरेको दोस्रो कृति हो । २०६८ मा उनको पहिलो कविता सँग्रह मेरो बैंसको क्यालेण्डर निकालेका थिए । यसपटक दश वर्षको वीचमा लेखिएका प्रतिनिधि कविताहरुलाई स्थान दिएको घिमिरेले बताए ।
कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष साहित्यकर एलबी क्षेत्रीले मुलुकको वास्तविकता कविता मार्फत चित्रण भएको बताए ।

तपाईको प्रतिक्रिया