नारायणी कला मन्दिर, नारायणगढले अध्यक्ष उद्धव जोशीज्यूको सभापतित्वमा आज एक कार्यक्रम बिच उध्योग वाणिज्य सङ्घ-चितवनका अध्यक्ष तथा नारायणी कला मन्दिरका पूर्व अध्यक्ष एवम् सल्लाहकार राजु श्रेष्ठको प्रमुख आतिथ्यतामा २०८औ भानु जयन्ती कार्यक्रम सम्पन्न गरेको छ । कार्यसमिती सदस्य सरला जोशी र पूर्व अध्यक्ष एवम् सल्लाहकार गायत्री श्रेष्ठज्यूले आदिकवी भानुभक्त आचार्यको सम्झनामा कविता वाचन गर्नुभएको थियो । संस्थाका सचिव अनुकूल श्रेष्ठद्वारा संचालित उक्त कार्यक्रममा भानुको संक्षिप्त परिचय सहित संस्थाका निवर्तमान अध्यक्ष अमरदेव प्रधानले स्वागत मन्तव्य राखेका थिए । सोही अवसरमा सस्थाका पूर्व अध्यक्ष दीपक प्रधानको शब्द तथा अर्का पूर्व अध्यक्ष सहन प्रधानज्यूको स्वर तथा सङ्गीतमा तयार भएको असारे गीतको साङ्गीतिक भिडियोको प्रमुख अतिथी उध्योग वाणिज्य सङ्घ-चितवनका अध्यक्ष राजु श्रेष्ठले विमोचन गर्नुभएको थियो । उक्त असारे गीतको बारेमा प्रकाश पार्दै गायक तथा सङ्गीतकार सहन प्रधानले नेपाल कृषि प्रधान देश भएको र हरेक असार महिनामा गरिने रोपाईको सन्दर्भमा यो गीतको सिर्जना भएको र आज नै उक्त गीतलाई फेसबुक तथा युट्युबबाट समेत प्रसारण गर्ने बताए । कलामन्दिर परिसरभित्र वृक्षारोपण गरी कार्यक्रमको समापन गरिएको संस्थाका अध्यक्ष उद्धव जोशीले हामीलाई बताउनुभयो ।

तपाईको प्रतिक्रिया