असार९, चितवन । लायन्स क्लब अफ चितवन सौराहाले नयाँ भवन निमार्ण गरेको छ । स्थापनाको १३ वर्षमा पुगेको अवसरमा क्लबले भवन बनाएको हो । सभाहल सहितको दुई कोठे भवन निर्माण गर्न उसले सौराहा क्षेत्रमा जग्गा किनेको थियो । उक्त कार्यालय भवनको लायन्स क्लब डिष्ट्रिक ३२५ बी २ का गर्भनर रामप्रसाद भट्टले बुधवार उदघाटन गरेका हुन् । संस्थाका सदस्यहरूबाट सहयोग संकलन गरेर भवन निर्माण गरिएको क्लबका अध्यक्ष अञ्जनकुमार पाण्डेले बताए । भवनका दुई वटा कोठा व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न मिल्ने खालको छन् । भवनको उदघाटन गर्दै डिष्ट्रिक गभर्नर भट्टले छोटो समयमा धेरै प्रगति गर्ने क्लबमा चितवन सौराहा रहेको बताए । सामाजिक सेवामा लायनहरूको सक्रिय सहभागी भएको बताए । उनले विकट क्षेत्रको मुहार फेर्न सबै उत्तिकै सक्रिय हुनुपर्ने बताए । कार्यक्रममा डिष्ट्रिक सचिव प्रभाकर पण्डितले लायन्स क्लबको सक्रियताले सामाजिक विकासमा ठूलो प्रभाव परेको बताए । कार्यक्रममा कोषाध्यक्ष नारायणप्रसाद शर्मा, क्लबका संस्थापक अध्यक्ष नारायण भट्टराई लगायतले बोलेका थिए । कार्यक्रममा अध्यक्ष पाण्डेले भवन निमार्णमा सहयोग गर्ने दाताहरू र चार्टर मेम्बर तथा पूर्व अध्यक्षहरूलाई सम्मान गरेका थिए । क्लबमा ६७ जना सदस्य छन् । कोरोनाको जोखिमका कारण कार्यक्रम सामान्य रूपमा आयोजना गरिएको अध्यक्ष पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया