बाढीग्रस्त क्षेत्र मनाङको स्थलगत अवलोकनका लागि नेपाली सेनाको हेलिकोप्टरमा आज मनाङ गएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल अझै फर्केका छैनन् । मौसम सफा नहुँदा उनलाई लिन  पोखराबाट गएको हेलिकोप्टर मनाङमा ल्यान्ड हुन नसकेपछि फेरि पोखरै फर्किएको छ ।

प्रदेश सभामा भोलि शुक्रबार मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने कार्यक्रम छ । ४ असारमा विश्वासको मत लिने भनेर कांग्रेस संसदीय दलले प्रदेश सभामा हिजो बुधबार नै प्रदेश सभा सचिवालयमा पत्र दिइसकेको छ ।प्रदेश सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव मुख्यमन्त्री आफैंले पेस गर्नुपर्छ ।

खरेल सहितको टोली राहत सामाग्रीसहित मनाङ पुगेका  थिए । चार दिनदेखि परेको अविरल वर्षाका कारण मनाङका विभिन्न स्थानमा गएको बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन र स्थानीयका लागि राहत सामाग्री लिएर मुख्यमन्त्रीसहितको टोली मनाङ पुगेको हो । बिहीबार दिउँसो मुख्यमन्त्री पोखरेल, मन्त्री राजीव गुरुङ (दीपक मनाङे) र मनाङका अर्का सांसद चिन्तबहादुर घले मनाङ गएका हुन् । उनीहरु बाढीबाट प्रभावित चामे र नासोँ गाउँपालिकाका स्थानीयलाई तत्कालका लागि त्रिपाल,  औषधि र खाद्य  सामग्री लिएर नेपाली सेनाको हेलिकोप्टरमा गएका हुन् ।

तपाईको प्रतिक्रिया