सौराहा : चितवनकाे साैराहास्थित हाेटल जंगल सफारी लजले ‘पे नाउ, गो लेटर’ अफर ल्याएको छ। अफर अन्तरगत पर्यटकले ४ हजार रुपैयाँमा तीन रातका लागि हाेटलकाे बुक गर्नु पर्छ ।अफरअन्तर्गत होटलका कोठामा ६२ प्रतिशत छुट दिइएको छ। कोठामा दुई बयष्क र एक बच्चा बस्न पाउनेछन्। यो अफरमा सहभागी हुन पर्यटकले असार महिनाभरि प्याकेज खरिद गर्नुपर्ने हुन्छ। आफूले खरिद गरेको प्याकेज मितिको एक महिनापछि होटलमा आएर बस्न सकिने छ। अफरअन्तर्गत पर्यटकहरूले याे वर्ष चैत २८ सम्ममा काेठमा प्रयोग गरिसक्नुपर्ने हुन्छ।   होटलका  कार्यकारी निर्देशक सुमन घिमिरेले आन्तरिक पर्यटन प्रवर्द्धन लक्ष्य गरी अफर सार्वजिनक गरिएकाे बताए।

अफरमा ब्रेकफाष्ट उपलब्ध नहुने र ग्रुप बुकिङका पनि गर्न नमिल्ने उनकाे भनाइ छ।

उनका अनुसार पैसा तिरेका पर्यटकले १५ दिनअघि नै होटलमा कोठा बुक गर्नुपर्ने छ। अफरमा नेपालस्थित विदेशी (एक्सप्याट) पनि सहभागी हुन पाउनेछन्।

तपाईको प्रतिक्रिया