इन्टर्याक्ट क्लब अफ वाल्मीकिले ईन्द्रेणी टोल, आँपटारीमा रहेका ३० घरपरिवार र भोजाड-११ का ४० घरपरिवार गरी जम्मा ७० घरपरिवारका करिब ३०० जनालाई फिद द हङ्ग्री नेपालको सहयोगमा उक्त संस्थाका प्रतिनिधि सावित्री पौडेल र प्रज्ज्वल न्यौपानेको उपस्थितिमा खाद्यान्न सहयोग वितरण गरिएकोछ । प्रती परिवार सात केजी चामल, २ केजी दाल, नुन १ पोका, ६ थान सेनिटरी प्याड, १ थान सेनिटाइजर र मास्क वितरण गरिएको क्लबका अध्यक्ष इन्टर्याक्टर अमृत ढकालले हामीलाई बताए । ईन्द्रेणी सक्षम महिला समूहको सयोजनमा आपटारीमा कार्यक्रम गरिएको हो । त्यसै गरी भोजाड-११ मा शान्ति आमा समूहले कार्यक्रम संयोजन गरेको थियो । कोरोनाको जोखिम अझै पनि व्याप्त रहेकोले सबैलाई सुरक्षितसाथ घरमै बस्न अनुरोध गर्दै निषेधाज्ञाका कारणले दैनिक ज्याला मजदुरी गरी जिविको पार्जन गर्ने सर्वसाधारणलाई हातमुख जोड्ने समस्या परेकोले राहत वितरण गरिएको र आवश्यकताको पहिचान गरी अन्य स्थानहरूमा पनि थप खाद्यान्न सहयोग गर्ने अध्यक्ष ढकालले बताए ।

तपाईको प्रतिक्रिया