भरतपुर २६ जेठ : विश्वका एकसय ३३ भन्दा बढी राष्ट्रहरु सदस्य र दशलाख भन्दा बढी विश्वका दन्त चिकित्सा सदस्य रहेको विश्व दन्त परिषद (वल्र्ड डेन्टल फेडेरेसन )मा दन्त चिकित्सक डा. सरिता थापा न्यौपाने (सरु) विश्व दन्त परिषदको नेतृत्वदायी महिला चिकित्सकको श्रृंखलामा छनौट भएकी छन् । परिषदको सदस्य रहेका सदस्य राष्ट्रहरुबाट एक जना सहभागी छन् । डा. सरु नेपालको प्रतिनिधित्व गरेर छनौट भएकी हुन् । परिषदले हालसालै नेतृत्वदायी महिला चिकित्सकको रुपमा छनौट गरेको हो ।

डा. थापा विपन्न समुदायमा दन्त सेवा प्रदान गरेर प्रेरणादायी काम गरेको विश्व दन्त परिषदको वेबसाईटमा समेत राखिएको छ । नेपाल दन्त चिकित्सक संघले भोटिङको आधारमा सर्वाधिक मत ल्याउने डा. सरुलाई नेपालको प्रतिनिधित्व गरेर पठाएको थियो । दन्त चिकित्सामा विरामीलाई गुणस्तरीय सेवा , सामाजिक अभियानको सक्रियताको मुल्याङ्कन गर्दै उनलाई छनौट गरिएको परिषदको वेवसाईटमा उल्लेख गरिएको छ । डा. सरुले आफु छनौट भएपछि थप हौसला मिलेको बताईन् । उनले सफलता हासिल गर्न आफुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने दन्त चिकित्सकहरु सहित सबैलाई धन्यावद दिएकी छन् ।
थापा छनौटको कामको मुल्याङ्कन अन्तराष्ट्रिय स्तरमा नेपालकी चिकित्सक सम्मान गरिएको नेपाली चिकित्सकले बताएका छन् । नेपाल चिकित्सक संघ चितवनका पूर्व अध्यक्ष डा. प्रकाश खतिवडाले अन्र्तराष्ट्रिय स्तरमा भएको डा. सरुको सम्मानले नेपाली चिकित्सकको सेवाको कदर भएको बताए ।

डा. थापा साईराम डेन्टल केयर नारायणगढकी प्रबन्ध निर्देशक हुन ।उनी विगत १६ वर्षदेखी दन्त चिकित्सा सेवामा सक्रिय छिन् ।

तपाईको प्रतिक्रिया