चितवन , जेठ १७ : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको अध्यक्षमा चितवनका बुद्धिसागर सुवेदी निर्बाचित भएका छन । गैर आवासीय नेपालीको साझा चौतारीको रुपमा रहेको अभिभावकीय  संस्थामा सुबेदीले नेतृत्व सम्हाल्ने भएका छन् ।  वर्ष २०२१ देखि २०२३ सम्मको दुई बर्षका लागी नया कार्यसमिति चयन भएको हो ।मे २९ र ३० मा अनलाइनद्वारा मतदान भएको   हो ।सुवेदी चितवनको माडी बासिन्दा हुन । माडी नगरपालिका वडा पाच बरमपुर  निवासी सुवेदी १८ बर्ष देखि अमेरिका अहिले भरतपुर वडा नम्बर चार स्थित चिसापानी टोलमा उनको घर छ । निर्बाचित भएपछी उनले  गैर आवासिय नेपालीको हितमा समर्पित हुने बताए । यसअघि उनी  विस्कन्सिन राज्यको च्याप्टर अध्यक्ष हुदैं एनआरएनए अमेरिकामा उपाध्यक्ष  थिए ।   ” अमेरिका बनाउनका लागि नेतृत्व गर्ने आट बोकी म यस अभियानमा होमिएको हु , ” उनले  भने  “मलाई बिजयी बनाएर एनआरएनए, अमेरिकाको नेतृत्व गर्ने कुरामा बल मात्र दिएको छैन, विश्वस्त पनि बनाएको छ ।”  एनआरएनए एनसीसी अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगका अनुसार यसपटक २०हजार १३९ मतदाता थिए। यसमध्ये १५हजार ७६८ मत खसेको खसेेेेको थियो । अध्ययक्षमा चार जनाको उम्मेद्बारी परेको थियो । सुबेदीलेव  ५ हजार ६१८ मत ल्याएका  छन्। उनका निकटम प्रतिद्वदी कृष्ण लामिछानेले ५हजार २३३ मत ल्याए। त्यसैगरी डा अर्जुन बन्जाडेले ४, १२८ मत र तिलक के सीले ५६७ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया