२०७८/२/१५, नमुना टोल

इन्टर्‍याक्ट क्लब अफ वाल्मीकिले नमुना टोलमा रहेका ४१ घरपरिवारका करिब १८८ जनालाई मिसन फर सरभाइबल कार्यक्रम अन्तर्गत फिद द हङ्ग्री नेपाल नामक संस्थाको सहयोगमा उक्त संस्थाका प्रतिनिधि सावित्री पौडेलको उपस्थितिमा खाद्यान्न सहयोग उपलब्ध गराएको छ । प्रती परिवार १५ केजी चामल, २ केजी दाल, नुन १ पोका, ६ थान सेनिटरी प्याड, १ थान सेनिटाइजर र मास्क वितरण गरिएको क्लबका अध्यक्ष इन्टर्‍याक्टर अमृत ढकालले बताउनुभयो ।
कोरोनाको फैलदो माहामारी एवम् निषेधाज्ञामा पिल्सिरहेका जनताहरूले भोकै बस्न नपुरुन् भन्ने उद्देश्यले कार्यक्रम गरिएको र छिट्टै अर्को ५० घरपरिवारको लागि थप खाद्यान्न सहयोग गर्ने अध्यक्ष ढकालले बताए ।
नारायणगढ रोटरी क्लबले चार वर्ष अगाडि भरतपुरमा अवस्थित वाल्मीकि शिक्षा सदन विद्यालयमा इन्टर्‍याक्ट क्लबको स्थापना गरेको हो ।

तपाईको प्रतिक्रिया