चितवन :  तिब्ररुपमा फैलिएको कोभिडको संक्रमण रोक्न चितवनमा जारी गरिएको निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जेठ २० गते राती १२ बजेसम्म लागू हुनेगरी निशेधाज्ञा जारी गरेको छ । यसअघि जेठ १३ गते रातीसम्म जारी गरेको थियो । कोभिडको रोकथाम र नियन्त्रणका लागी निषेधाज्ञा लम्बाईएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमनाथ लामिछानेले नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार कोभिड १९ संकट ब्यवस्थापन सम्बनधमा बनेको अध्यादेश अनुसार आदेश गरिएको बताए ।
पहिलो पटक यसवर्ष वैशाख १६ गतेबाट लागू भएको थियो । चितवनमा चार हजार ८३४ जना सक्रिय संक्रमित छन् । कोरोना संक्रमणबाट जिल्लामा २०६ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया