भरतपुर : चितवन समाज क्यानडाद्धारा भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्री सहयोगकोरोना महामारीको समयमा उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीका लागी चितवन समाज क्यानाडाले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । भरतपुर अस्पतालमा अग्रभागमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि पीपीई र फेस शिल्ड सहयोग गरेको हो । चितवन र गैँडाकोट घर भई क्यानडामा रहने नेपालीहरुले सहयोग पठाएका हुन् । स्वास्थ्य सामाग्री भरतपुर सरकारी अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीलाई समाजका प्रतिनिधि केशवप्रसाद सापकोटाले हस्तान्तरण गरेका हुन् । सापकोटाका अनुसार पुन प्रयोग गर्न मिल्ने २५० थान पीपीई र २५० थान नै फेस शिल्ड गरी रु ५ लाख ३७ हजार बरावरको सामाग्री सहयोग गरिएको हो ।
अध्यक्ष्य मान पौडेल, सचिव कन्चन देवकोटा कोषाध्यक्ष्य किरोज श्रेश्ठ को सकृयता विमला सापकोटा, ढुण्डी पाण्डे, पूर्ण कडेंल, देवेन्द्र सुवेदीको ठूलो सहयोग सहित अन्य दाताहरुको सक्रियताले सामाग्री सहयोगसापकोटाले बताए । भरतपुर अस्पताल लाई कोभिड–१९ बिरुद्ध लड्न सहयोग मिलोस भनेर अति आवाश्यक रहेको स्वास्थ्य सामाग्री हरु चितवन समाज क्यानडाका बोर्ड सदस्य देवेन्द्र सुवेदीले बताए । उनले अक्सिजन सिलिण्डर सहयोग गर्ने योजना रहेको बताए ।
बुटवल को समिरा कटन उधोगमा बनेको पिपिई पुन प्रयोग गर्न मिल्ने खालको छ। चितवन समाज क्यानडा भर्खरै मात्र स्थापन गरिएको हो। तत्कालको लागी अस्पतालको आवश्यकता हेरेर पिपिई सहयोग गरेको सुवेदीले जानकारी दिए ।
कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डा. जगन्नाथ तिवारीले अन्य व्यवस्थापन अस्पतालले गरिरहेको भएपनि महामारीमा धेरै स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पीपीई,फेस शिल्डको अभाव भइरहदा समाजको सहयोगले ठूलो राहत मिलेको बताए

तपाईको प्रतिक्रिया