रामनगर, चितवन ।
  वैशाख २१, २०७८
नारायणगढ रोटरी क्लबले आज एक कार्यक्रम बिच बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय, रामनगरका प्रहरी उपरिक्षक श्री शान्तिराज कोइरालाज्यूलाई कोरोना रोकथामका लागि आवश्यक सामग्रीहरू नारायणगढ क्लबका पूर्व अध्यक्षहरू मनोज प्रधान, विज्ञानलाल श्रेष्ठ, राजेन्द्र ओली र सञ्जय श्रेष्ठ एवम् उक्त कार्यालयका प्रहरी निरीक्षक मुनेन्द्र थापाज्यूको उपस्थितीमा क्लबका अध्यक्ष रोटरियन अनुकूल श्रेष्ठले हस्तान्तरण गरेकोछ । नेपालमा पुनः माहामारीको रूपमा पैmलिरहेको कोरोनाको दोस्रो लहर र यसले सिर्जना गरेको कठिन परिस्थितीमा पनि दैनिक रूपमा फ्रन्ट लाइनमा रहेर कार्य गर्नुपर्ने ट्राफिक प्रहरीहरूको स्वास्थ्यलाई मध्येनजर गर्दै नारायणगढ रोटरी क्लबद्वारा उक्त कार्यालयका लागि ५०० थान फेस मास्क, १० लिटर सेनिटाइजर र १२५ मिलिलिटरको स्प्रे बोटल वितरण गरिएको र सो मध्ये क्लबका पूर्व अध्यक्ष मनोज प्रधानज्यूले आफ्नो व्यवसायीक प्रतिष्ठान टाइम फर्मास्यूटिकल्सबाट उत्पादित पाँच लिटर सेनिटाइजर सौजन्य गर्नुभएको क्लबका अध्यक्ष अनुकूल श्रेष्ठले हामीलाई बताउनुभयो ।

तपाईको प्रतिक्रिया