रत्ननगर–११, चितवन ।
बागेश्वरी–चितवन नारायणगढ रोटरी क्लबले स्पाउजेज क्लब अफ रोटरी क्लब अफ नारायणगढको सहयोगमा आज एक कार्यक्रम बिच रत्ननगर–११ मा अवस्थित गामबेसीको चेपाङ्ग संरक्षण केन्द्रमा आश्रित चेपाङ्ग बालबालिकाहरूका लागि दैनिक आवश्यक खाद्यान्न सामग्रीहरू वितरण गरेको छ । क्लबका संस्थापक अध्यक्ष रोटरियन निरञ्जन प्रधानज्यूको विशेष उपस्थितिमा अध्यक्ष रोटरियन अनुकूल श्रेष्ठज्यूले उक्त संस्थाका प्रमुख संरक्षक केपी किरण शर्माज्यूलाई चामल, तेल, नुन, भुजा, चिउरा, दाल, आलु, प्याज र सोयाबिन लगायत खाद्यान्नहरू सहयोग प्रदान गर्नुभएको थियो । निरन्तर रूपमा चेपाङहरूको लागि नारायणगढ रोटरी क्लबले सहयोग उपलब्ध गराउँदै आएको र हरेक नयाँ वर्षमा क्लबले खाद्यान्नहरू सहयोग गरेपछि वर्षभरी खाद्यान्नको अभाव नहुने उक्त केन्द्रका संरक्षक केपी किरण शर्माले जानाकारी गराउनुभयो । केन्द्रका संरक्षक केपी किरण शर्मासँग पटक पटकको भेटमा वहाँको कार्यशैली र चेपाङ्ग समुदाय लगायत चेपाङ बालबालिकाहरूको संरक्षण र सम्बद्र्धनमा कटिबद्ध भएर लागेको देखेर चितवन वरपर रहेका चेपाङ गाउँवस्तीहरूमा समेत वहाँको सहभागीतामा क्लबले सहयोग पु¥याउँदै आइरहेको पूर्व अध्यक्ष सञ्जय श्रेष्ठले बताउनुभयो । क्लबका अध्यक्ष अनुकूल श्रेष्ठले गामबेसीको चेपाङ्ग संरक्षण केन्द्रमा आश्रित विद्यार्थी भाइबहिनीहरूलाई नया वर्ष २०७८ को शुभकामनाकासाथ उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुहुँदै केन्द्रका संरक्षक केपी किरण शर्मासँग आगामी दिनहरूमा थप आवश्यकताहरू भएमा पुरा गर्ने आश्वासन दिनुभयो । त्यसैगरी आजै भरतपुर महानगरपालिका–१ मा अवस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा शुद्ध पिउने पानीको लागि एक थान वाटर फिल्ट्रेशन प्लान्ट जडान गरिएको सेवा परियोजना निर्देशक ई. गुणेश्वर महतोले बताए । यसको साथै त्यहाँका कर्मचारी एवम् उपचारार्थ भर्ना भएका बिरामीहरूको मैलो लुगा छिटो छरितो धुलाई होस् भन्ने हेतुले एक थान वाशिङ मेशीन पनि उपलब्ध गराइएको र यसको सौजन्य क्लबका पूर्व अध्यक्ष रोटरियन अरुणकुमार पियाज्यूले गर्नुभएको अध्यक्ष रोटरियन अनुकूल श्रेष्ठले बताउनुभयो । नारायणगढ रोटरी क्लबले समाजमा पु¥याइरहेको सामाजिक कार्यहरूको बारेमा चर्चा गर्दै संस्थापक अध्यक्ष निरञ्जन प्रधानले यस चिकित्सालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । त्यसै गरी प्राकृतिक चिकित्सालयका अध्यक्ष शैलेन्द्रकुमार पियाज्यूले विगतमा पनि यस क्लबले सहयोग उपलब्ध गराइरहेको र आज वाशिङ मेशीन उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्नुहुँदै आगामी दिनहरूमा यसप्रकारका सहयोगहरू क्लबले प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा पूर्व अध्यक्ष रोटरियन अरुणकुमार पियाज्यूले चिकित्सालयका प्रमुख डाक्टर हेमराज कोइरालाज्यूलाई वाशिङ मेशीन हस्तान्तरण गर्नुभएको हो । क्लबका पूर्व अध्यक्षहरू विज्ञानलाल श्रेष्ठ, सञ्जय श्रेष्ठ, निवर्तमान अध्यक्ष सुसनलाल प्रधान, स्पाउजेज क्लब अफ नारायणगढका सदस्य डा. सुरक्षा श्रेष्ठ, प्राञ्जल श्रेष्ठ लगायतको उपस्थिति उक्त कार्यक्रममा रहेको थियो

तपाईको प्रतिक्रिया