काेराेना संक्रमणपछि अस्पताल भर्ना भएकी पूर्वरानी कोमल शाहको स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा सारिएको छ। अक्सिजन लेभल घटेकाले आईसीयूमा राखेर उपचार थालिएकाे नर्भिक अस्पतालले जनाएकाे छ । कोराना संक्रण पुष्टि भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहसहित पूर्वरानी कोमल र पूर्वराजकुमारी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए । पूर्वराजा ज्ञानेन्द्रको भने स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया