डिएलए चितवनमा नन्दलालको नेतृत्वप्रकाशित मिति: बुधबार, चैत्र ११, २०७७ | १६:१३:५० भरतपुर । नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन चितवन शाखाले नयाँ नेतृत्व चयन गरेको छ ।शाखाको सातौँ अधिवेशनले नन्दलाल महतोको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा गोमा न्यौपाने, सचिवमा श्रीराम सापकोटा, कोषाध्यक्षमा शेखरनाथ पोखरेल चयन भएका छन् ।त्यस्तै सदस्यहरुमा रामगोपाल श्रेष्ठ, तीर्थराज पोख्रेल, पृथ्वीदेवी सुवेदी, हरिहर दवाडी, सरोज काफ्ले निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।