बागमती प्रदेशको राजधानी हेटौडामा फागुन ७ गते नेपाल भेटेरिनरी एसोसिएसन बागमती प्रदेशको दोस्रो साधारण सभा तथा अधिवेसन डा. सुवास श्रेष्ठको सभापतित्व साथै भुमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशकि सचिब डा. मतिना जोसी बैद्यको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा डा. सुवास श्रेष्ठले  ”एड्भान्स पोल्ट्री न्युटृसन एण्ड फिड मिलिङ फर भेटेरिनरियन ” नामक निरन्तर शिक्षा कार्यक्रम, नेपाल भेटेरिनरी एसोसिएसनको ५१औ स्थापना दिवसको अवसरमा चितवनमा रक्तदान कार्यक्रम, विश्व भेटेरिनरी दिवसका अवसरमा प्रभातफेरी तथा पशु स्वास्थ्य र जन स्वास्थ्यसंग सम्बन्धित विषयमाथि सडक नाटक कार्यक्रमहरु आफ्नो कार्यकालमा सम्पन्न गरिएको बताउनु भयो ।  नेपाल पोल्ट्री इन्टरनेशनल एक्स्पो -२०२० मा “पोल्ट्री पाठशाला” नामक प्राबिधिक सेमिनार नेपाल पोल्ट्री महासंघ, नेपाल पशु चिकित्सा परिषद, नेपाल भेटेरिनरी एसोसिएसन बागमती प्रदेशको संयुक्त आयोजना तथा आफ्नो संयोजकत्वमा सम्पन्न गरिएको जानकारी डा. सुवास श्रेष्ठले दिनु भयो । कोभिड – १९को विषम परिस्थितिमापनि विभिन्न शैक्षिक संस्थाहरुबाट भेटेरिनरी शिक्षा उतिर्ण गरि नेपाल पशु चिकित्शा परिषद्को लाईसेन्स परिक्षालाई लक्षित गरि डा. सुमित शर्माको संयोजकत्वमा ७ दिने ” नेसनल लाइसेनसिवर एक्जामिनेसन फर भेटेरिनरियन” नामक  अनलाइन कक्षाहरु सन्चालनमा ल्याई नव आगन्तुक भेटेरिनरीयनलाइ परिषद्को दर्ता नम्बर हाशिल गर्नकालागि उक्त कार्यक्रमले कोशे ढुंगाको काम गरेको कुरामा डा. सुवास श्रेष्ठले थप प्रकाश पार्नु भयो । यसै कार्यक्रममा डा. जनक मजकोटिले सचिवको प्रतिबेदन पेश गर्नुभएको थियो भने साथै डा. सुलभ श्रेष्ठले कोषाध्य्क्षको प्रतिबेदन पेश गर्नुभएको थियो । दोस्रो साधारण सभा तथा अधिबेशनको निर्बाचनद्वारा डा. सुलभ श्रेष्ठ अधक्ष्य पदमा निर्बाचित हुनुभएको हो । उक्त साधारण सभा तथा अधिबेशनले निर्वाचनद्वारा डा. सुलभ श्रेष्ठको  अध्यक्षतामा ११  सदस्यीय नया समिति चयन गरेको थियो । समितिको उपाध्यक्षमा डा. सम्राट श्रेष्ठ, सचिवमा डा. सन्तोष घिमिरे, सह-सचिवमा डा. जितेन्द्र लामा, कोषाध्यक्षमा डा. निमेश खनाल र सदस्यहरुमा डा. बब्लु ठाकुर, डा. ध्रुब डी. सी., डा. सुमित शर्मा, डा. धन बहादुर थापा, डा. सरोज खतिवडा, डा. कला पन्त चयन भएका छन् । बिजयी मन्तव्यमा नव-निर्वाचित अध्यक्षद्वय डा. सुलभ श्रेष्ठले आफ्नो कार्यकालमा भेटेरिनरीयनका लागि निरन्तर शिक्षा कार्यक्रमहरु , किसानहरुका लागि विभिन्न सिपमुलक तालिमहरु, पशु स्वास्थ्य र जनस्वास्थ्यसंग सम्बन्धित कार्यक्रमहरु साथै समय अनुरुप विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने बताउनु भयो । भेटेरिनरीयनहरुको हक हित संरक्षणका लागि आफु सदैब मन वचन र कर्मले कटीबद्द रही यस नेपाल भेटेरिनरी एशोसियसन बागमती प्रदेशको गरिमा उच्च राख्ने प्रतिबद्दता व्यक्त गर्नु भयो ।

तपाईको प्रतिक्रिया