चितवन फागुन १०, नेपाली काग्रेसका नेता पूर्व सांसद एकनाथ रानाभाटको निधन भएको छ । प्रजातान्त्रिक आन्दोलनका अगुवा रानाभाटको ६६ बर्षको उमेरमा सोमवार दिउसो दुई बजे निधन भएको हो । मस्तिक घात भएका रानाभाटको उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो ।
रत्ननगर १४ स्थित उनको निवासबाट मंगलवार विहान आठ बजे शवयात्रा सुरु गरिने नेपाली काग्रेस रत्ननग।रका सभापति रुपनराज घिमिरेले बताए । त्यसपछि नेपाली काग्रेस चितवनको पार्टी कार्यालयमा श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ । उनको मंगलवार देवघाटमा अन्तिम दाहसंस्कार गरिने बताईएको छ ।
रानाभाट २०५६ सालमा चितवन क्षेत्र नम्बर दुईबाट निर्वाचित भएका थिए । २०२७ सालदेखि निरन्तर पार्टीमा सक्रिय हुदै पार्टीका हरेक संघर्ष र आन्दोलनमा अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । पार्टीको जिल्ला पार्टी सचिव, किसान संघको केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य भएको । सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका पूर्व अध्यक्ष र राष्ट्रिय सहकारी बोर्डका पूर्व उपाध्यक्ष समेत हुन ।

तपाईको प्रतिक्रिया