काठमाडौं,५ मंसिर ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १९४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २१६९६५ पुगेको छ।

मन्त्रालयका अनुसार आज ५३६४ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण भएर निको हुनेको संख्या १९१००२ रहेको छ।

आजको पीसीआर १०३४१ रहेको छ। यससँगै हालसम्म देशभर १६४३९०० वटा नमूनाको पीसीआर परीक्षण भएको मन्त्रालयको भनाइ रहेको छ।

हाल २४६६५ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन् भने ७५३ जना क्वारेन्टिनमा रहेका छन्।

तपाईको प्रतिक्रिया