काठमाडौं,२६ कार्तिक ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म २ लाख २ हजार ३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म मृतकको संख्या ११ सय ९ पुगेको छ ।

यसैगरी हालसम्म कुल १ लाख ६२ हजार २४३ जना निको भएका छन् । हालसम्म १५ लाख ७४ हजार २९५ जनाको पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार बुधबार २ हजार ५६९ जना संक्रमित थपिएका छन् भने १ हजार ६६६ जना निको भएका छन् ।

यस्तै ३८ हजार ९१२ जना सक्रिय संक्रमित रहेका छन्।

तपाईको प्रतिक्रिया