काठमाडौं, २८ असोज ।

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६३८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार १७४ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ८० हजार ९५४ पुगेको छ ।

बुधबारसम्म ४ हजार ६६६ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ३६ हजार ३६७ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १३ हजार ९४७ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल १२ लाख २१ हजार ३८ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप १२ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६७५ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया