काठमाडौं, २६ असोज ।

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४७३ जना संक्रमित निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या ७७ हजार २७७ पुगेको छ ।

सोमबारसम्म ४ हजार ८३१ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ३३ हजार ८८० जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १४ हजार ५३० नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ११ लाख ९१ हजार ५१४ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप ९ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६४५ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया