भरतपुर , असोज २६ : उद्योगी ब्यवसायीको छाता संगठन नेपाल चेम्बर अफ कमर्स चितवन शाखाले चेम्बर दिवस मनाउने भएको छ । स्थापना दिवसलाई चेम्बर दिवस मनाउन लागेको हो । चेम्बर दिवसको दिन चितवनमा कोरोना उपचारको लागी प्लाज्मा संकलन गरिने भएको छ । प्लाज्माथेरापीको लागि रगत संकलन गर्ने कार्यक्रम तय भएको नेपाल चेम्बर अफ कमर्स चितवनका अध्यक्ष दिर्घमान श्रेष्ठले बताए । उनका अनुसार मंगलवार कोरोना संक्रमणबाट निको भएका शसस्त्र प्रहरी बल भण्डारा र वडा प्रहरी कार्यालयका प्रहरीबाट रगत संकलन गरिने छ । त्यस्तै बुधवार रत्ननगरमा रहेको स्मार्ट फुड प्रालिमा पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
यसअघि नारायणगढको बाहघरेमा रहेको कमर्सको कार्यालयमा झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको छ ।  २००७ साल असोज २७ गते चेम्बर अफ कमर्सको स्थापना भएको हो । यही दिनलाई अबदेखी चेम्बर दिवसका रुपमा देशब्यापी रुपमा मनाउन लागिएको हो ।

तपाईको प्रतिक्रिया