काठमाडौं,२२ असोज

बिहीबार देशभर ३ हजार ४३९ कोरोनाका संक्रमित थपिएका छन्।योसँगै नेपालमा कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ६७५ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।

बिहीबारसम्म ४ हजार ४६० जना क्‍वारेन्टाइनमा रहेका छन् भने २६ हजार ६८४ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १८ हजार ४७३ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ११ लाख ३१ हजार ९५८ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप १२ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५९० पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया