रत्ननगर / मनिश खनाल
नारी जागरण केन्द्र रत्ननगरले आफ्नो २३ औं बार्षिक उत्सबको अबसर पारेर आज रत्ननगर नगरपालिकाका विभिन्न ठाउँमा खाद्यान्न एबं स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नारी जागरण केन्द्रकी अध्यक्ष सपना बोहोराको अध्यक्षता एबं रत्ननगर नगरपालिकाकि उपमेयर बिमला दुवाडीको प्रमुख आतिथ्यतामा भएको पहिलो चरणको कार्यक्रम र.न.पा १० स्थित चेपाङ टोलमा भएको थियो । त्यहा ११ बिपन्न चेपाङ परिवारलाई चिउरा , साबुन , मास्क बितरण गरिएको थियो । सो कार्यक्रममा जनजागृती टोलका अध्यक्ष एक.ब. जिसि , वडा नं १० का वडा अध्यक्ष केशब आचार्य , सामाजिक अभियान्ता ज्ञानेन्द्र राज पाण्डे , चेपाङ अभियान्ता केपि किरण शर्मा लगायतको उपस्तिथि रहेको थियो । त्यस्तै दोस्रो चरणको कार्यक्रम र.न.पा ३ स्थित लौरिघोल नमूना टोलका ३८ घर परिवारलाई साबुन र मास्क बितरण गरिएको थियो भने अन्तिम चरणको कार्यक्रम रत्ननगर र.न.पा ९ स्थित कुमाल बस्तिमा बालुवाटारमा गरिएको थियो । जागरण केन्द्रलाई १००० पिस सर्जिकल मास्क रोटरी क्लब अफ रत्ननगर र १०० पिस हात धुने साबुन रोट्रयाक्ट क्लब अफ काठमाडौ मिडटाउनले उपलब्ध गराएको केन्द्रकी सदस्य बिमला खनालले बताइन । आज भएको तिनवटै कार्यक्रममा अध्यक्षता केन्द्रकी अध्यक्ष  सपना बोहोराले गराइन भने प्रमुख आतिथ्यता उपमेयर बिमला दुवाडिको रहेको थियो भने केन्द्रकी महासचिब बिष्णु कुमारि आचार्य , कोषाध्यक्ष बिमा डल्लाकोटि एबं सदस्य माया तामाङको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया