काठमाडौं, २१ असोज ।

मुलुकमा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ४ सय ३९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १२६ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ ।

बुधबारसम्म ४ हजार १६४ जना क्‍वारेन्टाइनमा रहेका छन् भने २५ हजार ७ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १४ हजार ६३८ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ११ लाख १३ हजार ४८६ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप १५ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७८ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया