काठमाडौं, २० असोज ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५५१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ३४० जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।

मङ्गलबारसम्म ४ हजार २२१ जना क्‍वारेन्टाइनमा रहेका छन् भने २२ हजार ७०९ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार ४७ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल १० लाख ९९ हजार २७६ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप ९ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६३ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया