चितवन :उपभोक्ता ठग्ने ब्यवसायीका विरुद्ध  जिल्ला प्रशासन कार्यालय चितवन कडा रुपमा प्रस्तुत हुने भएको छ । उपभोक्ताको हित बिपरित काम गरे तत्काल घटनास्थलमा जरिवाना गर्ने तयारी गरेको छ ।  जिल्ला प्रशासनले चाडबाड लक्षित बजार गरेर अनुगमन प्रभावकारी बनाउन लागेको हो । उपभोक्ता हित बिपरित कारोबार गर्ने ब्यवसायीलाई उपभोक्ता संरक्षण ऐन २०७५  र नियमावली २०७६  अनुसार पाच हजार देखि तीनलाखसम्म स्थलगत  जरिवाना लगाइने छ । यसका लागी ब्यवसायीलाइ एक  साताको समय   दिइएको चितवनका  सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । बजार अनुगमनलाई कडाइ गर्दै प्रभावकारी बनाउने विषयमा जिल्ला प्रशासन कार्यालयमा बिहिवार बैठक बसेको थियो । बैठकमा आपूर्ति व्यवस्थापन र बजार अनुगमन सम्बन्धी सबै स्थानीय तह का उद्योग बाणिज्य संघका अध्यक्ष , महानगर प्रतिनिधि, घरेलु कार्यालय , बाणिज्य कार्यालय वीरगन्ज सहभागीतामा थियो । चितवनक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अनुगमन प्रभाकारी बनाइने बताए । अनुगमनको नेतृत्व जिल्ला प्रशासन कार्यालय चितवनले गरिरहेको छ ।

तपाईको प्रतिक्रिया