चितवन : हरेक दिनजसो सोमवार विहान पनि हात्तिलाई घाँस काट्न बहना महतो विहान साढे ६ बजे नजिकैको सामुदायीक वनमा गए । तीन वटा सहित पाँच जना घाँस लिन कुमरोज सामुदायीक वन तर्फ लागे । संधै जसो घाँस लिएर हात्तिमा चढेर घर फर्किने बहना सकुशल फर्किन पाएनन् ।  वनमा घाँस काट्ने क्रममा हरिण मारेर खान बसेको बाघसंग बहनाको जम्काभेट भयो । आहारको सुरक्षाका लागी आक्रोसित बनेको बाघको निशानामा बहना उनी परे । बाँकी चार जनालाई छोडेर बाघले बहनालाई झम्टियो । बाघको आक्रमणमा परेर उनको घटनास्थलमै ज्यान गयो । । बहनालाई झम्टिएको बाघले केही परसम्म पु¥यायो । मृत्युभएपछि आहारा र मान्छे छोडेर भाग भाग्यो ।
संधै जसो हात्ति माथी चढेर फर्किने बहनाको यसपटक शव फर्कियो । हात्तिलाई घाँस काट्न गएका रत्ननगर नगरपालिका ६ बछौलीका अन्दाजी ५४ वर्षका बहना चौधरीको मृत्यु भएको हो । उनको शवको भरतपुर अस्पतालमा पोष्र्टमाटम गरिएको छ ।


ईमान्दार बहना
करिब २५ वर्षदेखी हात्ति चलाउदै आएका बहनाको हात्तिमै जीवन सकिएको छ । हात्रिको घाँस लिन जाँदा उनले ज्यान गुमाए । कामप्रति उनको लगाव थियो । पहिला निकुञ्ज भित्र रहेको गैडा वाइल्ड लाईफ क्याम्पको हात्तिमा पर्यटक डुलाउथे । होटल बन्द भएपछि हात्तिको विक्रि भयो । शान्तिकलीसंगै उनी पनि निजीमा काम गर्न थाले । लामो समय हात्ति संचालनमा काम गर्दै आएको संरक्षणकर्मी बाश विडारीले बताए । सौराहाका ओम रिजालले हात्ति किने । त्यही हात्तिको स्याहारका लागी बहनालाई पनि राखे । ‘ काममा उनको इमान्दारीताको खोट लगाउने ठाँउ छैन ’ रिजालले भने ‘ अनुशासित भएर संधै काम गरे ’ । हात्तिको स्याहार गर्दै पर्यटकलाई खुसी बनाउथे ।
परिवारमा शोकमा डुबेका छन । उनका श्रीमति दुई छोरा एक छोरी छन ।

( समाचारमा प्रयोग गरिएको फाईल तस्विर हुन । होटल ब्यवसायी सुवोध प्रधानले मेघौलीमा खिचेका बाघका तस्विर हुन । प्रधान मेघौलीमा रहेको होटल साराङ वाइल्ड लाईफ स्याङचुरीका संचालक हुन । )

 

तपाईको प्रतिक्रिया