पुर्बी चितवनको रत्ननगर  स्थित शिवालय मन्दिरमा बिगत ३ दिन देखि लगातार साहारा बिहिनहरुलाई खाना खुवाउदै आइरहेको सुनौलो रत्ननगर संस्था र साथ सबैको नामक संस्थाले रत्ननगर आसपासमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेकाले संक्रमणको जोखिमका कारण केही समयका लागि कार्यक्रम स्थगित गरिएको सो अभियानका अभियान्ता बिज्ञान लामिछानले बताए । बुधबार बिहान नेपाल मा.बिको चौरबाट सुरु गरिएको निशुल्क खाना खुवाउने कार्यक्रम बिहीवार बिहानदेखि शिवालय मन्दिरबाट संचालन गरिदै आएको अर्का अभियान्ता प्रनिश भट्टले बताए । सो अभियान मार्फत हालसम्म ५०० जना दैनिक गुजारा चलाउन नसक्ने अति विपन्न परिवार सडकमा बस्ने मानिसहरु तथा बेबारिसे मानिसहरुलाई  खाना खुवाइएको सुशील कोइरालाले जानकारी दिए । सो अभियानलाई सामाजिक अभियान्ता अर्जुन भुषाल  र गामबेशिको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपि किरण शर्माले सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया