सामाजिक अभियान्ता अर्जुन भुसालको अगुवाइमा साथ सबैको ग्रुप द्वारा हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको कारण प्रभावित भई दैनिक गुजारा चलाउन नसक्ने अति विपन्न परिवार सडकमा बस्ने मानिसहरु तथा बेबारिसे मानिसहरुलाई भोलि मिति २०७७ साल भदौ ३१ गते देखि नेपाल माध्यमिक विद्यालयको चौरमा बिहान बेलुका निशुल्क खाना खुवाउने कार्यक्रम आयोजना गर्ने भएको छ । सहयोगी संस्थाको रुपमा सुनौलो रत्ननगरले भूमिका निर्भाह गर्ने उक्त संस्थाका अध्यक्ष मनिष खनालले जानकारी दिनुभयो । निशुल्क खाना खुवाउने कार्यक्रम सुशील कोइरालाको संयोजनमा हुन लागेको हो । यदि १ हप्तासम्म कार्यक्रम सफल भएमा निशुल्क खाना खुवाउने कार्यक्रम थप केहि दिन सम्म गरिने साथ सबै ग्रुपका संस्थापक अध्यक्ष बिज्ञान लामिछानेले जानकारी दिनु भयो । तपसिलः खाना खाने समयः– बिहान १०ः३० देखि १२ बजेसम्म बेलुकी ५ः३०–६ः३० बजेसम्म बाट

तपाईको प्रतिक्रिया