भदौ २९ : लायन्स क्लब अफ चितवन सौराहाले न्यून आयस्रोत भएकाहरुलाई खाना खुवाएको छ । सोमवार नारायणी नदी किनारमा क्लबले असहाय , बेसहाराहरुलाई खाना खुवाएको हो । पूर्व अध्यक्ष लायन सुजाता विष्ट पाण्डेको जन्मदिनको अवसरमा लायन्स क्लब अफ चितवन सौराहा र लियो क्लब अफ चितवन सौराहाले “हामी खाना खुवाउछौं अभियान” अन्तरगत नारायणी नदि किनारमा खानाको लागी सहयोग गरेको हो । बेवारिसे व्यवस्थापन तथा पुनर्जीबन केन्द्र चितवनले आयोजना गरेको खाना खुवाउने कार्यक्रममा क्लबले बुधवार विहान खाना खुवाएको हो । करिब साढे तीन सय जनालाई खाना खुवाएको हो । क्लबका अध्यक्ष अञ्जनकुमार पाण्डेले लकडाउनले वास्तविक प्रभावितहरु भएकोले सहयोग गरेको बताए । डिष्ट्रिक डेपुटी कोर्डिनेटर दिपेन्द्रप्रसाद खतिवडाले सामाजिक काममा लायन्स क्लब अग्रसर रहेको बताए । कार्यक्रममा , निवर्तमान अध्यक्ष शिरलाल परियार , निर्देशक गणेश दाहाल , सदस्य सुसिला चौधरी , लियो क्लबका अध्यक्ष पुजन अधिकारीको सहभागीता थियो ।
पितृ उद्धार कार्य , जन्मोत्सव लगाएतको अवसर पारेर खाना खुवाउन सहयोग गर्नेहरु जुटेका छन । बेवारिसे व्यवस्थापन तथा पुनर्जीबन केन्द्र चितवनकी अध्यक्ष सिता कुवंरले दाताहरुको समन्वयमा खाना खुवाउने कार्यक्रम प्रभावकारी बनेको बताईन । भाद्र २५ गतेदेखी केन्द्रले खाना खुवाउन थालेको हो ।

तपाईको प्रतिक्रिया