काठमाडौं, २८ भदौ ।

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५४ हजार एक सय ५९ पुगेको छ । गएको २४ घण्टामा एक हजार ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये अहिले सक्रिय संक्रमित १५ हजार ११७ जना रहेका छन्। सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ७३० जना र होम आइसोलेसनमा ७ हजार ३८७ जनामा बसिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ९ हजार १६५ जनाको आरटी पीसीआर नमुना परीक्षण गरिएको छ। योसहित नेपालमा हालसम्म ८ लाख ४० हजार ५२७ जनाको आरटी पीसीआर नमुना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा १ हजार १७३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। योसहित नेपालमा डिस्चार्ज हुनेको कुल संख्या ३८ हजार ६९७ पुगेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ।

हाल ६ हजार ५३६ जना विभिन्न आइसोलेसनमा बसिरहेको मन्त्रालयले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया