र.न.पा २ मा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । जसमध्ये ७८ बर्षिया बृद्दा रहेकी छिन भने अर्का ४६ बर्षिया पुरुष रहेका छन । हाल उक्त क्षेत्र ३ दिनको लागि सिल गरिएको छ ।

र.न.पा-२ बस्ने वर्ष ४६ का पुरुष २०७७/०५/२५ गते राति १०:३५ मा भरतपुर अस्पतालको आकस्मिक कक्षमा आइपुग्दा मृत अवस्थामा आएको र मृतकको आफन्तको भनाइ अनुसार निजलाई उच्च ज्वोरो, खोकी र श्वाशप्रश्वाशमा समस्या रहेकाले निजको स्वाब परिक्षण गर्दा COVID-19 पुष्टि भएको हो ।

त्यस्तै दमको समस्याले यही भदौ २३ गते पुरानो मेडिकल कलेजमा भर्ना भएकी ७८ बर्षिया बृद्दाको २४ गते अपराह्न उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया