पुरानो मेडिकल कलेजमा रत्ननगर -२ कि ७८ बर्षिय एक बृद्धामा मृत्यु पश्चात् कोरोना सङ्क्रमण पुष्टि भए पछि र.न.पा २ सिनेमा रोड क्षेत्र सिल गरिएको छ । अझ उक्त क्षेत्र ३ दिन सिल गरिने बताइएको छ । साथै र.न. पा २ कै ४६ बर्षिय पुरुषको पनि  मृत्यु भएको छ । उनको कोरोनाको रिपोर्ट भने आउन बाकी नै रहेको रत्ननगरका स्वास्थ्य अधिकृत माधब पौडेलले सरोकार अनलाइनलाई जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया