काठमाडौं, २५ भदौं ।

नेपालमा पछिल्लो २४ घण्टामा १,२४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा केहि दिनअघि भन्दा बढेर आज थप १,२४६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप एक हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ३५ हजार ७०० उपचारपछि निको भएका छन् ।

हाल देशभर १४ हजार ४४८ जना सक्रिय संक्रमित छन् । यीमध्ये होम आइसोलेसनमा रहनेको संख्या ६ हजार ४३८ जना छन् ।

तपाईको प्रतिक्रिया