काठमाडौँ,२२ भदौ ।

नेपालमा थप ९७९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत नेपालमा पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिएका हुन् ।

थपिएका संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

नेपालमा हाल १६ हजार २५९ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ७३६ जना निको भई डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कूल डिस्चार्ज हुनेहरुको संख्या ३० हजार ६६७ पुगेको छ । नेपालमा संक्रमितमध्ये ६५ प्रतिशत निको भएर घर गएको डा. गौतमले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा जम्मा ९ हजार २१८ स्वाबको परीक्षण भएको छ ।

तपाईको प्रतिक्रिया