सुनचाँदीको मूल्य निरन्तर घट्दो, कति छ आज ?प्रकाशित मिति: सोमबार, भाद्र ०८, २०७७ | ११:०१:२१ काठमाडौं,८ भदौ सुनको मूल्य आज (सोमबार) फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाला सुन प्रतितोला ५०० रुपैयाँ घटेर ९७ हजार ९०० रुपैयाँ कायम भएको छ।यसअघि हिजो तोलामा ४०० रुपैयाँ घटेर ९८ हजार ४०० रुपैयाँ निर्धारण गरिएको थियो।यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँ घटेर ९७ हजार ४०० रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँ घटेर एक हजार ३२० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।