चितवन , भदौ ७ : माडी नगरपालिका प्रमुख ठाकुर ढकालले लकडाउनले नगरपालिका भित्र गरिएको निषेधाज्ञाको उल्लंघन गरेका छन । माडी नगरपालिका र जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लघंन गरेर कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा ढकाल देखिए । ढकालले नै साउन ३१ बाट अत्यावश्यक बाहेकका आवतजावत बन्द , सभा समारोह आयोजनामा रोक लगाएको थियो । त्य लगत्तै जिल्ला प्रशासन कार्यालयले थप ग¥यो । तर यही नियम लत्याउदै माडी नगरप्रमुख ढकाल हिडिरहेका छन । कोरोना संक्रमणको जोखिम समुदायमा फैलिएको खताराले निषेधाज्ञा गरेपनि मेयर ढकालले औपचारिक कार्यक्रम आयोजना गरे । आफैले बनाएको नियम तोडेका ढकालको आलोचना भएको छ ।स्थानियलाई नियम पालनाको उर्दी जारी गर्ने मेयर ढकालले नियम पालना गरेका छैनन ।

कार्यक्रममा सहभागीले सामाजिक दुरी समेत कायम गरेका छैनन् । सरुवा भएर जान लागेका शसस्त्र प्रहरी बल छरछरे बोर्डर आउट पोष्टबाट प्रमुख थकाली थारुको आज बिदाई कार्यक्रम आयोजना गरेका थिए । ढकालले माडी नगरपालिकाले कदर पत्र दिए । माडी नगरपालिकाको सभाहलमा कार्यक्रम राखेका थिए । सहभागीले सभाहलमा भरिएको थियो । कार्यक्रमको प्रमुख अतिथी बने बने ।
ढकालसंगै नियम उल्लंघन गर्नेमा माडी नगरपालिका उपप्रमुख तारा कुमारी काजी महत्तो,प्रमुख प्रशासकिय अधिकृत भिम बहादुर कुवँर,इलाका प्रशासन कार्यलय माडीका प्रमुख खोबराज सुबेदी , इलाका प्रहरी कार्यलय माडीका प्रमुख हर्क बहादुर विश्वकर्मा पनि थिए ।

तपाईको प्रतिक्रिया