काठमाडौँ, ३० साउन ।

आन्तरिक विवाद मिलाउन सत्तारुढ नेपाल कुम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको छ ।

कार्यदलमा महासचिव विष्णु पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन् । कार्यदलले छिट्टै विवाद सुल्झाउने गरी काम गर्ने दुई अध्यक्षबीच सहमति भएको बताइएको छ ।

शुक्रबार बिहान सवा ११ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच वार्ता सुरु भएको थियो ।

प्रधानमन्त्री ओलीसँगको वार्ताअघि प्रचण्डले महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मासँग बिहान खुमलटारमा छलफल गरेका थिए ।

तपाईको प्रतिक्रिया