काठमाडौँ, २९ साउन ।

कोरोनाबाट संक्रमित भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ । केही दिनदेखि अस्पतालमा उपचाररत मुखर्जीको ‘भाइटल प्यारामिटर’ भने स्थिर रहेको बताइएको छ । हिन्दुस्तान टाइम्सले दिल्लीस्थित सैनिक अस्पताललाई उद्धृत गर्दै मुखर्जी कोमामा गएको उल्लेख गरेको छ ।

अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्थामा सुधार नआएको र भेन्टिलेटरमै उपचार भएको पनि जनाएको छ । पूर्वराष्ट्रपति मुखर्जीलाई सोमबार सैनिक अस्पतालमा भर्ना गरिएको थियो ।

मस्तिष्कको सर्जरी गर्नुभन्दा पहिले गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया